भारतको विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवद्धारा काभ्रेमा ६ ओटा विद्यालय उद्धघाटन – Madhesh Update

भारतको विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवद्धारा काभ्रेमा ६ ओटा विद्यालय उद्धघाटन

   September 29, 2021  

मगलवार साझ काठमाडौ आइपुगेका भारत विदेश मन्त्रालयका नर्थ डेस्क हेर्ने प्रमुख अनुराग श्रीवास्तले आज वुधजार काभ्रेमा भारत सरकारको सहयोगमा निर्मित ६ ओटा विद्यालयहरु उद्धघाटन गरेका छन । ०७२ को भुकम्प पश्चातको पुर्ननिर्माण सम्बन्धी परियोजना अन्र्तगत निर्माण भएको ६ ओटै विद्यालयहरु भुकम्प प्रतिरोधी मापढण्ड अनुसार बनेको छ ।

बुधवार भारतीय विदेश सहसचिव श्रीवास्तव संजै पुर्वसंचारमन्त्री गोकुल बास्कोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङ्ग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले ६ ओटै नवनिर्माति विद्यालयहरुको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत यी ६ वटा विद्यालयहरु नेपाली रकम १९ करोड ७० लाखमा निर्माण भएको हो ।

श्री आजाद माध्यमिक विद्यालय बनेपा, श्री भगवती माध्यमिक विद्यालय पाँचखाल, श्री आजाद माध्यमिक विद्यालय पाँचखाल, श्री दुग्धेश्वर माध्यमिक विद्यालय पाँचखाल, श्री शारदा माध्यमिक विद्यालय पनौती र श्री खाँडादेवी माध्यमिक विद्यालय चौरी देउराली गरी ६ वटा विद्यालयहरुको उद्धघाटन आज भएको हो ।

नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु¥याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको थियो । यो परियोजना गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौं लागु छ । परियोजना अन्र्तगत हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

६ ओटा विद्यालयको उद्धभाटन पश्चात श्रीवास्तवले आजै काभ्रेको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमि पूजन पनि गरेका छन । स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो । यही कार्यक्रम अन्र्गत यो स्वास्थ्य चौकी बन्न लागेका हुन । नेपाली ७ंकरा्ड ५ लाखमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको हो ।

नेपालमा आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि आवासको क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५०,००० घरहरु, शिक्षाको क्षेत्रमा ७० वटा विद्यालय र एउटा पुस्तकालय, स्वास्थ्यको क्षेत्रमा १३२ वटा स्वास्थ्य भवन, र सांस्कृतिक सम्पदाको क्षेत्रमा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापनारप्रबलीकरण कार्य भारतको आर्थिक सहयोगमा सञ्चालन भइरहेका छन् ।