रौतहटमा ठुलो परिमाणमा पटाकाका साथ पक्राउ – Madhesh Update

रौतहटमा ठुलो परिमाणमा पटाकाका साथ पक्राउ

   September 29, 2021  

रौतहटमा प्रहरीको गस्ती टोलीले ठुलो मात्रामा प्रतिबन्धित पटाकाका साथ एक र अन्य मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले ती तीन जनालाई पक्राउ गरेको हो ।

चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा ग १ ख ६३४१ नम्बरको बसमा चेकजाँचको क्रममा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–४ का २५ वर्षीय संजित साहलाई पटाकासहित नियन्त्रणमा लिएको छ ।

उनले ब्यागमा लुकाई राखेको एक लाख ६२ हजार ४८४ रुपैयाँ बराबरको बिष्फोटक पदार्थ पटाका बरामद भएको प्रहरीको भनाइ छ । उनलाई विष्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।