जसपा मधेश प्रदेश समिति १९ गते समायोजन हुने

जनता समाजवादी पार्टी, नेपालको मधेश प्रदेश पार्टी कमिटी आउदो १९ गते समायोजन हुने तय भएको छ । मंगलबार जनकपुरमा जसपा अध्यक्ष उपेन्द्र यादव सहित प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठकले १९ गते प्रदेश कमिटी समाोजन गर्ने तय गरेका छन ।
अध्यक्ष यादवकै सहभागीतामा गत आइतबार जनकपुरमा बसेको मधेश प्रदेश समितिको बैठकमा प्रदेश कमिटी समेत एक पद एक व्यक्तिको अवधारणा लागु गर्ने निर्णय गरेको थियो । यो अवधारण अनुसार वर्तमानका अध्यक्ष विजय यादव अव प्रदेश कमिटीका नेतृत्व गर्न पाउदैन । उनी केन्द्रिय कार्यकारणी समितिमा छन ।
जसपा स्रोतका अनुसार महोत्तरीका हरि नारायण यादव देखि सप्तरीका सैलेन्द्र साह देखि धनुुषाका ज्ञानेन्द्र यादव मध्ये एक जना प्रदेश कमिटीको नेतृत्व गर्न लागेका छन ।
प्रदेश कमिटीको समायोजन संगै मंगलवारको बैठकले प्रदेश दुुईका केन्द्रिय सदस्यहरुलाई संघिय निर्वाचन क्षेत्रहरुमा खटाउने पनि जसपाले निर्णय गरेको छ ।