लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको प्रदेश दुुईको ससंदीय दलको बैठक सुुरु
Madhesh Update
September 27, 2021
बैठकमा पार्टीका केन्द्रिय अध्यक्ष, वरिष्ठ नेता सहितको सहभागीता
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको प्रदेश दुुईको संसदीय दलको बैठक सोमवार देखि जनकपुरमा सुुरु भएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारणी समिति सदस्य अनिल झा सहितको केन्द्रिय नेताहरुको उपस्थितीमा सोमवार देखि जनकपुरको एक होटलमा बैठक सुुरु भएको हो ।
यस अघि आइतवार प्रदेश दुुईका लोसपाका सासदहरुलाई दलको विधान वाडिएको थियो । विधान पारित भए पछि दलको नेता चयन गर्ने कार्यसुुचि छ ।
लोसपाको मुख्य आधार प्रदेश दुुई मै भएकाले शिर्ष नेताहरुको चासो समेत दल नेता चयनमा देखिएको छ । पार्टी विभाजन पश्चात यो दल संग प्रदेश दुुईमा १६ जना संसद छन । प्रदेश संसदीय दलको नेतामा तीन जना प्रदेश सासंदले दाबी गरे पछि शिर्ष नेताहरुले सहमतीको प्रयास समेत गरिरहेको बताइएको छ ।