संविधान मै त्रुटि भएका कारण राजनीतिक समस्या आइपरेको छ -महन्थ ठाकुर
लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटी रहेकै कारण मुलुकमा अहिले राजनीतिक संकट आइपरेको वताएका छन । लोसपा महिला परिवारद्धारा आइतवार जनकपुरधाममा आयोजना गरेको जितीयाको महत्व विषयक चर्चा एवम सांस्कृतिक कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो वताएका हुन ।
लोकतान्त्रीक समाजवादी पार्टीले मधेशको मुद्दालाई नछाडेको वताउदै अध्यक्ष ठाकुरले मधेशको मुद्दा सम्वोधन नभएसम्म आफुहरुको लडाई जारी रहने वताए । खस शासकको विभेदकै कारण मुलुकको अवस्था डगमडोल भएको वताउदै उनले संविधान संसोधन एउटै विकल्प रहेको वताए ।
उनले भने ,अन्तरिम संविधान मा उल्लेख गरिएकाहरुलाई पनि उपेक्षा गर्दै वर्तमान संविधान जारी गरिएको छ,विभेद कायम रहेको छ ,माओवादीले हजारौलाई मारे तर उनिहरु प्रधानमन्त्री सम्म बने तर मधेशीले आन्दोलन गरे उनिहरुलाई झुठा मुद्दामा फसाइएको छ । अधिकारको लागि लडीएको मधेश आन्दोलनमा विभेदी नितीकै कारण ताकि ताकि गोली,लाठी र अश्रु ग्यास छोडीएको कुरा हामी विर्सन नसक्ने उनले वताए ।
नेता ठाकुरले मधेशका आन्दोलनलाई अगाडी बढाउनका लागि मधेशी महिलाले दिएको योगदानलाई कहिले पनि विर्सन नसक्ने वताउदै मधेशका नेतृहरुको शक्तिकै कारण वरवर दमनका वावजुद मधेश आन्दोलन अगाडी बढदै गएको वताए । संस्कृतिलाई उजागर गर्नेमा मधेशका महिलाहरु सवैभन्दा अगाडी रहेको चर्चा गर्दै उनले जितीया पर्वमा महिलाको भुमीकाको विषयमा समेत चर्चा गरेका थिए ।
कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारणी नेता अनिल कुमार झाले जितीया पर्वको शुभकामना दिएका थिए । लोसपा नेपालका महिला नेतृहरुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहलाई सम्मान गर्नुका साथै मैथिली सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेका थिए ।