सरकारद्धारा नेपाल-भारत सिमा नाका खुल्ला गर्ने निर्णय – Madhesh Update

सरकारद्धारा नेपाल-भारत सिमा नाका खुल्ला गर्ने निर्णय

   September 21, 2021  

कोरोना भाइरसका कारण बन्द रहेका सबै सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाका खुला गर्ने निर्णय गरेको कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सरकारका प्रवक्ता समेत रहेका उनले भने ‘सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ। अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको हो। यस्तै कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय भएको छ ।’

कोरोना महामारी नियन्त्रण गर्न भन्दै सरकारले भारतसँगको सबै नाका बन्द गरेको थियो। तर नाका छलेर भने आवतजावत हुँदै आएको छ।

केही नाका खुले पनि आवत जावतमा कडाइ थियो। मन्त्रीपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।