चीनले नेपालको उत्तरी सिमा मिचेको भन्दै लोसपा सम्बद्ध युवा तथा विद्याँर्थीहरुको काठमाडौमा प्रर्दशन

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सम्बद्ध युवा र विद्यार्थी संगठनले शुक्रवार नेपालको उत्तरी सिमा चीनले मिचेको भन्दै विरोध प्रर्दशन गरेका छन । नेपालको भुमी मिचिइएको विरुद्धमा आज काठमाडौंको माइतीघर मण्डलामा लोसपा सम्बद्ध युवा तथा विद्यार्थीहरुले शान्तिपुर्ण बिरोध गरेका हुन ।
उनीहरुले नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब ४०० वर्ग किलोमिटर नेपाली भुमी अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन बिरोध कार्यक्रम गरिएको जनाएका छन ।
नेपाल सरकारले बनाएको समितीले बुझाएको प्रतिवेदन सार्वजनिकको मांग राखि नेपाली भुमी अतिक्रम गर्न पाइदैन मुल नाराको साथ बिरोध प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा युवा अध्यक्ष मुकेश झा, विद्यार्थी नेता रन्जित निस्पक्ष, नेताहरु रन्जित सिंह, प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झा लगायत नेताहरुको उपस्थिति थियो।
हिल्सा पुग्यो गृहको सीमा अनुगमन टोली
नेपाल-चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ।
सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो। मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा–६ का स्थानीयवासी लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि यहाँ पुगेका हुन्।
टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल हुनुहुन्छ।
नाम्खाको किटखोलामा रहेको ५ नं सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ। नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिमी लाप्चाको १२ नं सीमास्तम्भमा पुगेका थिए।
मन्त्रालयको उक्त टोलीले भदौ २७ गते सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो। हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृहमन्त्रालयका सहसचिव आचार्यले बताए।