हिन्दी दिवसको अवसरमा कार्यक्रम

हिन्दी दिवसको अवसरमा २९ भाद्र देखि १२ असोज १२ सम्म “आजादीका अमृत महोत्सव” को कार्यक्रमको रुपमा भारतीय राजदूतावास, काठमाडौंले पाक्षिक हिन्दी कार्यक्रको आयोजना गरेको छ । २९ भाद्रमा आयोजना गरिएको ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक वेबिनारसँगै यस कार्यक्रमको आरम्भ भएको छ ।
पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ ।
वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो । कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष श्री अनिल शर्मा प्रमुख अतिथ्यमा भएको थियो । कार्यक्रममा हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्रा र नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र साहित्यकार डा राम दयाल राकेश सहभागी थिए ।
वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा कार्यक्रममा भएको थियो ।
उक्त अवसरमा भारतका गृहमन्त्री श्री अमित शाह र माननीय विदेशमन्त्री डा एस जयशंकरले दिनुभएको सन्देश पनि प्रस्तुत गरिएको थियो ।
पाक्षिक हिन्दी उत्सव अन्तर्गत भारतीय दूतावासले २९ भाद्र देखि १२ असोज सम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्न लागेका छन । उक्त अवसरमा काठमाडौ स्थित भारतीय दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवद्र्घन गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।
सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।