३ असोजको दिन संविधान विरुद्ध विरोध प्रर्दशन गर्न लोसपा नेपालको आन्तरिक सर्कुुलर – Madhesh Update

३ असोजको दिन संविधान विरुद्ध विरोध प्रर्दशन गर्न लोसपा नेपालको आन्तरिक सर्कुुलर

   September 15, 2021  

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक पार्टी नेपालले ३ संविधान दिवसको दिवस विरोध प्रर्दशन सहित विभिन्न प्रतिकात्मक कार्यक्रमहरु गर्न जिल्ला समितिहरुलाई सर्कुलर जारी गरेको छ । अध्यक्ष ठाकुरले वुधवार जिल्ला समिति संयोजकहरुलाई सम्बोधन गर्दे जारी गरेको आन्तरिक सर्कुलरमा संविधान प्रतिको असन्तुष्टि स्वरुप जिल्ला स्तरहरुमा विरोध प्रर्दशन, विरोध गोष्ठी सहित ब्लायक आउट जस्ता कार्यक्रमहरु स्थानिय तहमा आयोजना गर्न निर्देशन दिइएको छ ।

०७२ असोज ३ मा दास्रो संविधानसभाले संविधान जारी गर्दा मधेशी पार्टीहरुले त्यसको विरुद्धमा आन्द्योलनमा होमिएका थिए । अन्त्रिम संविधानले दिएको अधिकार समेत मधेशी, आदीवसी, जनजातीहरुले नयां संबिधानले कटौति गरेपछि मधेशमा त्यस विरुद्ध ६महिना लामो बन्द्य हडताल भएको थियो ।

६ महिना लामो आन्द्योलन पश्चात पनि प्रमुुख दलहरुले मधेशको माग सम्बोधन नगरे पछि मधेशी पार्टीहरु त्यस पछि ३ असोजलाई कालो दिनको रुप्मा मनाउनै आएका छन ।