अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार हुन्‍न – उपेन्द्र यादव – Madhesh Update

अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार हुन्‍न – उपेन्द्र यादव

   September 14, 2021  

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । अध्यादेश खारेज नहुँदा दलहरुलाई अस्थिर बनाउने यादवको भनाइ छ ।

सिन्धुलीमाडीमा मंगलबार संचारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष यादवले अध्यादेशलाई खारेज गरेर मन्त्रिपरिषद् विस्तार गर्नेतर्फ सत्ता गठबन्धन दलहरु लागेको बताए । उनले भने,तत्काल केही गर्नु परेको आधारमा अध्यादेश ल्याइएकाले खारेज नहुँदा दलहरु टुक्रिने सम्भावना रही लोकतन्त्रलाई नै खतरा उत्पन हुनसक्छ ।

यादवले सत्ता साझेदार दलहरु बीच कुन–कुन मन्त्रालय, कुन दलले पाउने र मन्त्री पठाउने भन्ने कुरा तय हुन बाँकी रहेको बताए । मन्त्रालय नै तय नभइकन मन्त्रीको नाम पठाउने कुरा नआउने उनको भनाइ थियो ।

एमालेले गरेको संसद् अवरुद्धको कुनै अर्थ नभएको यादवले बताए । ‘संसद् किन अवरुद्ध गरेको हो रु अवरुद्ध गर्दा के प्राप्त हुन्छ, केका लागि गरिएको हो रु गर्नेहरु नै स्पष्ट नभएको उनले बताए । सरकारलाई सफल हुन नदिन संसद् अवरुद्ध गरेको पनि हुन सक्ने यादवको भनाइ थियो ।

जसपाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान कार्यक्रममा अध्यक्ष यादवसहित बाबुराम भट्टराईको पनि उपस्थिती रहेको छ ।