लोकतान्त्रिक समाजवादी पार्टीका शिर्ष नेताहरु मधेश झर्दै – Madhesh Update

लोकतान्त्रिक समाजवादी पार्टीका शिर्ष नेताहरु मधेश झर्दै

   August 30, 2021  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्धय राजेन्द्र महतो तथा शरदसिह भण्डारी वुधवार जनकपुर जाने भएका छन । नयां पार्टी दर्ता पश्चात निर्वाचन आयोगले आउदो २२ गते सम्म स्थानिय, प्रदेश र सघिय जनप्रतिनिधिहरुलाई सनाखत गराउन समय सिमा दिए पछि लोसपाका शिर्ष नेताहरु जनकपुर पुुगेर स्थानिय र प्रदेश दुुईका सासदहरु संग आफै बैठक गरेर सनाखत गराउने भएको छ ।

२२ गते भित्र सनाखत गर्ने जनप्रतिनिधिहरुको पद नजाने भएकाले लोसपाले आफनो पक्षमा जनप्रतिनिधिहरु तान्ने रणनितीमा जुटेका छन ।

जसपामा उपेन्द्र यादव र बाबुराम भटराईसंग मतभेद वढे पछि गत ९ गते ठाकुरको अध्यक्षतामा यो पक्षले निर्वाचन आयोग मार्फत नया दल बनाएका थिए ।

नया दल बनाउनु अघि पनि ठाकुर, महतो सहितको शिर्ष नेताहरु तराई मधेशका सबै जिल्लाहश्रमा स्थानिय नेता कार्यकर्ता संग छलफल गरक थिए । ९ गते नयां दल दर्ता भए पछि उपेन्द्र यादवले सात प्रदेशमा प्रदेश स्तरीय भेलाहरु गरेका थिए । आइतवार मात्रै यादव पक्षको भेला सकिए लगत्तै ठाकुर पक्ष आउदो बुुधवार आफनो शिर्ष नेताहरु सहित जनकपुर जान लागेका हुन ।