२२ गते सम्म लोकतान्त्रिक समाजवादी पार्टी जननिर्वाचित प्रतिनिधीहरुलाइ आफनो पक्षमा ल्याउन केन्द्रित हुने – Madhesh Update

२२ गते सम्म लोकतान्त्रिक समाजवादी पार्टी जननिर्वाचित प्रतिनिधीहरुलाइ आफनो पक्षमा ल्याउन केन्द्रित हुने

   August 29, 2021  

महन्थ ठाकुरको नेतृत्वमा गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आउदो २२ गते सम्म केन्द्र, प्रदेश र स्थानिय तहको निर्वाचित जनप्रतिनिधीहरुलाई आफनो पक्षमा सनाखत गराउन केन्द्रित रह्ने भएको छ । निर्वाचन आयोगले २२ गते सम्ममा एमालृवाट फुटेको नेकपा एकिकृत समाजवादी र जसपा नेपालवाट पुटेको लोकतान्त्रिक समाजवादी पार्टीमा निर्वाचित जनप्रतिनिधीहरुलाई सनाखत गर्ने समय सिमा तोकेको छ ।

निर्वाचन आयोगको समय सिमामा सबै तहमा सक्दो वढी भन्दा वढी निर्वाचित प्रतिनिधीहरु आफनो पक्षमा ल्याउनका लागी लोसपाले त्यसमा काम गर्ने भएको छ । शनिवार पार्टी कार्यलयमा बसेको कार्यकारणी समितिको बैठकमा सबै शिर्ष नेताहरुलाई आ आफनो क्षेत्र र त्यस वरिपरिका एरियाका निर्वाचित जनप्रतिनिधीहरु सग कुरा गरेर सक्दो वढी संख्यामा आफनो पक्षमा तान्न आन्तरिक निर्देशन दिएको छ ।

लोसपाका एक नेताका अनुसार २२ गते सम्म सबै कामलाई पछि राख्दै पहिलो यसमा खटिन पार्टीले शनिवार निर्देशन दिएको हो । नयां पार्टी गठन पश्चात अन्य धेरै कामहरु भए पनि निर्वाचन आयोयको कानुनी समय सिमाका कारण यो पक्षले पहिला यसमा काम गर्न लागेका हुन ।