सडक मर्मतको माग सहित प्रर्दशन भए पछि काम सुुरु – Madhesh Update

सडक मर्मतको माग सहित प्रर्दशन भए पछि काम सुुरु

   August 29, 2021  

अविरल बर्षा पश्चात जनकपुरको पुलचौक स्थित सडकखण्डमा हिडनै नसक्ने गरि समस्या उत्पन्न भए पछि स्थानियहरुले आइतवार विहानै देखि प्रर्दशनमा उत्रे पछि अन्नतह सडकको निर्माणको काम तत्काल सुुरु गरिएको छ । वर्षौंदेखि जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै जनकपुरधाममा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।

जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले आइतबार बिहानदेखि सडक अवरुद्ध गरे पछि आन्द्योलनकारी युवाहरु र सम्बन्धत निकाय विचमा छलफल भएको थियो । छलफलमा आन्दोलनकारी स्थानिय तत्काल काम सुुरु नगरे आफुहरु पछि नह६ने अडान लिए पछि सडक मर्मतको काम तत्काल सुरु गरिएको हो । आइतवार सडकमा माटो हाल्ने काम भएको र सोमवार ग्राभेल गराएर तत्काल पिच पनि बन्ने सहमती भएको स्थानियहरुले बताएका छन ।

सडकमा भएका ठूला–ठूला खाल्डोको मर्मत गर्न पटक–पटक सम्बन्धित निकायलाई भन्दा पनि चासो नलिएका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्थानीय किसन साहले बताए ।

अहिले लगातार वर्षा हुँदा खाल्डोमा पानी जमेर एकदमै समस्या भएको स्थानीयको भनाइ छ । ‘खाल्डोमा पानी जम्दा पोखरीजस्तै बनेको छ’ साहले भने, ‘सम्बन्धित निकायले चासो नलिँदा बाध्य भएर सडक जाम थियौ।’