तराइ मधेशका ९ सहित १५ जिल्लाका बाढी पिडितका लागी भारतको सहयोग – Madhesh Update

तराइ मधेशका ९ सहित १५ जिल्लाका बाढी पिडितका लागी भारतको सहयोग

   August 27, 2021  

पछिल्लो केहि दिन यता आएको लागातारको बर्षका कारण बाढीवाट पिडित भएकाहरुको सहयोगार्थ भारत सरकारले ८ करोड वरावरको सहयोग साम्रगी शुक्रवार प्रदान गरेको छ । नेपालको तराई मधेशका जिल्लाहरु सहित पहाड र हिमालका जिल्लाहरुमा समेत राहत साम्रगीहरु वाडने गरि शुक्रवार काठमाडौ स्थित भारतीय दुतावासले साम्रगीहरु प्रदान गरेका हुन ।

काठमाडौ स्थित भारतीय दुतावासका उप–प्रमुख श्रीमती नामग्या खम्पाले भारत सरकारको तर्फबाट नेपाली आठ करोड बराबरको राहत सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद माननीय चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष श्री नारायण ढकाललाई हस्तान्तरण गरेका छन ।

नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु रहेका छन्। बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामाग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिनेछ।

भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउँदै आएको छ।