कांग्रेस सभापतिको तयारीका लागि सम्पर्क कार्यालय खोल्दै निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भोलि शुक्रबारदेखि सम्पर्क कार्यलय शुरु गर्ने भएका छन् । शुक्रबार एक कार्यक्रमको बीचमा सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रम राखिएको निधिको सचिवालयले जनाएको छ ।
पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका निधिले सम्पर्क कार्यलयमार्फत आफ्नो गतिविधीहरु संचालन गर्ने तयारी गरेका छन् ।
निधिको सम्पर्क कार्यलय बानेश्वरस्थित बनोश्वर ब्यांकेटमा रहने बताइएको छ ।