त्रिभुवन विश्वविद्यालयको पछिल्ला नियुक्तहरु खारेज गर्न राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ को माग – Madhesh Update

त्रिभुवन विश्वविद्यालयको पछिल्ला नियुक्तहरु खारेज गर्न राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ को माग

   August 26, 2021  

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयले एकलौटी रूपमा नियुक्त गरेको पदाधिकारीको नियुक्ति खारेज गर्न माग गरेको छ।

विश्वविद्यालयले असमावेशी एवं एकलौटी ढंगले पदाधिकारीहरू नियुक्त गरेको भन्दै राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले त्यस्ता नियुक्ति खारेज गर्न माग गरेको हो। विश्वविद्यालयका पदाधिकारीसँग पटक–पटक भएका सम्झौताविपरित संविधानले सुनिश्चित गरेको समावेशिता र समाजिक न्यायका सिद्धान्त लत्याएर पदाधिकारी नियुक्त गरिएको संघका अध्यक्ष उदयकिशोर तिवारीले बताएका छन्।

असमावेशी एवं एकलौटी ढंगबाट वैशाखयता विभिन्न निकायमा भएका नियुक्ति र सिफारिस खारेज गर्न उनले माग गरेका छन्। सात दिनभित्र त्यस्ता नियुक्ति र सिफारिसहरू खारेज नगरिए आफूहरू आन्दोलनमा उत्रिन बाध्य हुने उनले बताएका छन्।

‘सामाजिक न्याय, समावेशिता, मौलिक हकको बर्खिलापमा गरिएका यस प्रकृतिका निर्णयलाई सात दिनभित्र खारेज नगरिए कडाभन्दा कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौं,’ अध्यक्ष तिवारीले विहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।