लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागी निर्वाचन आयोगमा सनाखत सम्पन्न – Madhesh Update

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागी निर्वाचन आयोगमा सनाखत सम्पन्न

   August 25, 2021  

महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ता लागी वुधवार निर्वाचन आयोगमा कार्यकारणी समिति सदस्यहरु र सघिय ससंदहरुको सनाखत गराइएको छ ।

जनता समाजवादी पार्टीबाट अलग्गिएर ठाकुरको नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागी क्हि दिन पहिला आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगसमक्ष दिइएको निवेदनमा १५ जना सांसदले हस्ताक्षर गरेका छन्।

जसमा रेशम चौधरी संसलाई रूपमा सनाखत गरिएको छैन । यद्यपि उनको कार्यकारणी सदस्यको रुपमा सनाखत भएको छ। टीकापुर घटनामा सजाय नै पाइसके पछि चौधरी निलम्बनमा परेकाले उनको संसद पदको मान्यता आयोगले दिएको छैन ।

आज निर्वाचन आयोगमा गरिएको सनाखतमा लोसपामा १७ जना कार्यकारणी समिति सदस्यहरूले समेत सनाखत गरेका उक्त पार्टीका नेता केशव झाले बताए।

राजनीतिक दल विभाजनका लागि सरकारले अध्यादेश जारी गरेसँगै टुक्रिएको यो दल गठनमा महन्थ नेतृत्वमा १३ प्रतिनिधिसभाका सांसदसहित १४ जनाले साथ दिएका छन। जसमा एक जना राष्ट्रियस सभा सदस्य पनि छन्।

दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश सरकारले ल्याएपछि यो दल गठन भएको हो। महन्थ पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो।

जसअनुसार पार्टी सनाखतका लागि आयोगले आज उनीहरूलाई बोलाएको हो। महन्थ पक्षको सनाखतमा कार्यकारिणीतर्फ ३३ प्रतिशत र संघीय संसदतर्फ करिब ३८ प्रतिश सांसद समावेश छन्।