महन्थ् ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत बुधवार हुदै

जसपा नेपालवाट छुटिएर अलगै पार्टी दर्ताका लागी निवेदन दिएको महन्थ ठाकुर पक्षको सनाखत निर्वाचन आयोगमा बुधवार हुदै छ । आयोगले बुधवार ११ः३० देखि २ वजे भित्र सनाखतका लागी ठाकुर पक्षको कार्यकारणी समिति सदस्यहरुलाइ नागरिकक्ता सहित आयोगमा उपस्थ्ति हुन भनेको छ । ठाकुरको अध्यक्षतामा यो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपा दर्ताका लागी निजेदन दिएको छ ।
सनाखत पश्चात बुधवार नै दल दर्ताको प्रमाण पत्र दिने तयारीमा आयोगम छन ।
निर्वाचन आयोगले दल दर्ताका लागि ठाकुर संगै माधव नेपाल ले पनि निवेदन दिएका छन । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रस्ताव गरेका छन । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ ।
आयोगले तोकेको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो ।