लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष र भाजपा विदेश विभाग प्रमुख विचमा भेटघाट – Madhesh Update

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष र भाजपा विदेश विभाग प्रमुख विचमा भेटघाट

   August 23, 2021  

आइतवार काठमाडौ आइ पुुगेका सतारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले सोमवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसंग भेट गरेका छन ।

आइतबार साँझ काठमाडौं आइपुगे पछि चौथाइवोले सबै भन्दा पहिला प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। उनी सोमबार बिहानै एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पुगेका थिए। उनले सोमवार नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पनि भेट गरेका छन ।

आइतवार साँझ र  सोमवार दिन भरीमा प्रधानमन्त्री सहित प्रमुख चार नेतालाई भेटे पछि उनले टिवटरमा नेपाल भारतको दुुई पक्षिय सम्बन्ध वारेमा नेपाली नेताहरु संग राम्रो छलफल भएको उल्लेख गरेका छन ।

राष्टिय हिन्दु स्वयंसेवक संघको कार्यक्रममा समेत सहभागी हुने गरी काठमाडौं आएका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तै निकट मानिन्छन्। उनी यसअघि गत मंसिरमा पनि काठमाडौं आएर राजनीतिक भेटघाट गरी फर्किएका थिए।