काग्रेस उपसभापती विमलेन्द्र निधी र प्रदेश दुुईका भौतिक मन्त्री रामसरोज यादव विचमा खटपट – Madhesh Update

काग्रेस उपसभापती विमलेन्द्र निधी र प्रदेश दुुईका भौतिक मन्त्री रामसरोज यादव विचमा खटपट

   August 22, 2021  

नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधी र प्रदेश दुुईका भौतिक योजनामन्त्री रामसरोज यादव विचमा खटपट देखिएको छ । निधी पार्टीको केन्द्रिय महाधिवेशनमा सभापतिको तयारी गरिरह्दा उनलाई गृहनगरमा आफना सबै भन्दा वलियो नेतासंग सम्बन्ध विग्रन पुगेको छ ।

प्रदेश दुुईका भौतिक मन्त्री यादव निधीका सबै भन्दा नजिकका नेताहरु मध्ए पर्नेमा थिए । दुुई दुुई चोटी धनुुषा जिल्लाको अध्यक्ष रहेका यादव प्रदेश दुुईका काग्रेस संसदीय दलको नेता पनि हुन ।

जसपा फुटे पछि प्रदे दुुई सरकारमा यादव भौतिक मन्त्रीबन्दा सबै भन्द्या पहिला महेन्द्र नारायण निधी आवास योजना अगाडी सारेका थिए । त्यस पछि यादवले निधीका भतिजा पर्ने मानवेन्द्र निधीलाई आफनो प्राविद्यिक सल्लाहकारमा नियुक्त गरेका थिए । तर अघिल्लो हप्ता मात्रै उपसभापति निधी जनकपुर पुुगेको वेला आफनो भतिजा मानवेन्द्र निधीलाई सल्लाहकारवाट राजिनामा दिन लगाएका छन ।

भतिजा मानवेन्द्रलाई सल्लहवाट राजिनामा गर्न लगाएर निधीले प्रदेश दुुईका खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मालाई लिएर भारतको मुम्बई पुगेका थिए । काग्रेस नेता प्रदीप गिरीको स्वास्थय उपचार वारेमा जानकारी लिन निधी काग्रेसकै अर्का मन्त्री शर्मालाई लिएर मुम्बई पुगेर प्रदेश मन्त्री रामसरोय यादवलाई सन्देश दिन चाहेको स्थानिय काग्रेस नेताहरुको टिप्पणी छ ।

प्रदेश दुुई सरकारमा काग्रेसवाट तीन जना मन्त्री छन । भौतिक मन्त्री रामसरोज यादव र खानेपानी मन्त्री शर्माको विचमा कार्यक्षेत्रलाई लिएर हालै खटपट परेको समाचारहरु सार्वजनिक भएको थियो । हुनत प्रदेश दुुईको सरकारमा काग्रेस सामेल हुदा नै निधीले असन्तुष्टि व्यक्त गरेको बुझिइएको छ । निधीले मुख्यमन्त्री काग्रेस लिएर मात्रै प्रदेश सरकारमा जानु पर्ने अडानमा थिए । तर काग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवले बैठक गरेर सिधै नेता यादवलाई प्रदश सरकारमा सामेल हुने निर्णय सुनाएका थिए ।

पछि जसपा अध्यक्ष यादवले निधीलाई समेत भेटेर त्यसमा वाधा नगर्न आग्रह गरेका थिए । तर निधीले आफनो पक्षका नेता रामसरोज यादव भएकाले त्यसमा खेल्न चाहेका थिए । यद्यपी त्यो पनि सफल हुन नसकेको बुझिइएको छ । संसदीय दलको नेताको रुपमा राम सरोज यादवले प्रदेश सरकारमा जादा निधीले शर्मा र अर्का एक मन्त्री आफनो बनाउन दबाब दिए पनि उनीहरुलाई प्रदेश सरकारमा महत्व र सम्मान नमिलेको र त्यसमा रामसरोज यादवको पनि भुमिका रहेको निधीको बुुझाइ छ ।

आफु संगको सम्बन्धमा केहि समस्या आएको बुुझेरै प्रदेश सरकारमा काग्रेसका नेतृत्व गरिरहेको भौतिक मन्त्री रामसरोज यादवले उनको भतिजालाई सल्लाहकारमा नियुक्त गरेको कतिपयको आकंलन थियो । हुनत जनकपुरमा काग्रेस भित्रको आन्तरिक राजनितीमा अन्य केहि घटनामा रामसरोज यादव र निधीको टक्क्र पर्न थालेको चर्चा छ । रामसरोज यादवले आफनो प्रमुख सल्लाहकारमा जिविस धनुषा भ्रष्टारचार काण्डमा मुछिएका जिवनाथ चौधरीलाइ राखेर कामहरु गराइरहेका छन । चौधरी र भौतिक मन्त्री यादवको साठघाटवाट निधी सन्तुष्ट नरहेको बुझिइएको छ । यद्यपी अहिले सम्म निधी मौन रहको र सार्वजनिक रुपमा त्यसवारेमा थाहा नभएको जस्तो गर्ने निती लिएको उनी निकट स्रोतको भनाई छ ।