महन्थ ठाकुर नेतृत्व गरेको पार्टीको नाम- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल – Madhesh Update

महन्थ ठाकुर नेतृत्व गरेको पार्टीको नाम- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

   August 20, 2021  

जनता समाजवादी पार्टीवाट छुटिएर अलगै नयां पार्टी गठनको लागी नर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका महन्थ ठाकुर नेतृत्वको नयां पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रहने भएको छ । यस अघि ठाकुरले जसपा लोकतान्त्रिक नाम सहितको निवेदन आयोगमा दर्ता गराएका थिए । तर सर्वोच्च अदालतको फैसलासग् नाम बाझिने भएकाले शुक्रवार ठाकुर पक्षले नयां नाम सहितको प्रस्ताव आयोगमा सिफारिश गरेका छन ।

नयां सिफारिश संगै अव ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारणी समिति पनि ३१ सदस्यीय रह्ने भएको छ । शुक्रवार ठाकुरले नयां नाम र कार्यकारणी समितिको विस्तृत विवरण आयोगमा बुुझाएका छन । निर्वाचन आयोगले आउदो ९ गते सनाखतका लागी ठाकुर पक्षलाई आयोगमा बोलाएका छन । सनाखतमा ठाकुर पक्षले बुुझाएको कार्यकारणी समिति सदस्यहरु नागरिकता सहित आयोगमा उपस्थित हुनुपर्छ । सनाखत पश्चात आयोगले नयां दल दर्ताको प्रमाण दिने छन ।

ठाकुर अध्यक्ष रहेको लोसपा नेपालको वरिष्ठ नेतामा राजेन्द्र महतो र शरदसिंह भण्डारीको नाम राखिएको छ भने अन्य २८ जना कार्यकारणी समिति सदस्यको रुपमा राखिएको छ । त्यही २८ जना मध्ये थप पदाधिकारीहरु चयन हुने बताइएको छ ।