महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक गठन – Madhesh Update

महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक गठन

   August 18, 2021  

महन्थ ठाकुर अध्यक्ष र वरिष्ठ नेतामा राजेन्द्र महतो रहने गरि वुधवार जसपा लोकतान्त्रिक गठन भएको छ । सरकारले दल विभाजन सम्बन्धी नयां अध्यादेश ल्याए पछि ठाकुर र महतोको अगुुवामा नया दल दर्ताका लागी निर्वाचन आयोगमा निवेदन पेश गरिएको छ । २४ सदस्यीय कार्यकारणी समिति रहेको जसपा लोकतान्त्रिकलाई आयोगले अवको २५ दिन भित्र मान्यता दिने छ । जसपा लोकतान्त्रिकको कार्यकारणी समितिमा टिकापुर क्षेत्रका निर्वाचित सासंद रेशम चौधरी पनि छन । उनी अहिले कारागारमा छन ।

उपेन्द्र यादव र वावुराम भटराई संग सता समिकरणको सवालमा मतभेद सिर्जना भए पछि ठाकुर र महतोले नर्या दल दर्ता गराएका छन । यादवले जसपा नेपालमा बहुमत सहितको दावी निर्वाचन आयोगमा दावी गरे पछि ठाकुुर र महतो जसपा नेपालवाट अलग भएका छन । यादव नेतृत्वको तात्कालिन समाजवादी पार्टी फुटको संघारमा रहेको वेला ०७७ बैशाख १२ गते ठाकुर र महतो नेतृत्वको तात्कालिन राजपा नेपाल विचमा एकिकरण भएको थियो ।

एकिकरणको एक बर्ष मै दुवै घटक पुन अलग भएका छन ।