महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक गठन भए पछि मधेशका सहरहरुमा दिपावली

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन परेसँगै तराई मधेशका सप्तरी, धनुुषा सहितका जिल्लहरुमा स्थानिय नेता तथा कार्यकर्ताहरुले मैनबत्ती बालेर खुशीयाली मनाएका छन् ।
जनता समाजवादी पार्टी, नेपालको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुर पक्षले बुधबार नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका छन । दल दर्ताको निवेदन दिए पछि सप्तरी, धनुुषा सहितका नेताकार्यकर्ताहरुले खुशीयाली मनाएका हुन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जनता समाजवादी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।
सप्तरी जिल्ला सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा मैनबत्ती बालेर उनीहरुल खुशीयाली मनाएका हुन् ।
दीप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, युवा नेता बिनोद यादव, शम्भु यादवसहितका नेताहरु सहभागी भएका थिए ।
यसैगरि जनकपुरको जानकी मन्दिरमा स्थानिय नेता कार्यकर्ताहरु जम्मा भएर दिप प्रज्वलन गरेर खुशीयाली मनाएका छन ।