जसपा नेपालद्धारा सरकारमा सहभागी हुने निर्णय – Madhesh Update

जसपा नेपालद्धारा सरकारमा सहभागी हुने निर्णय

   August 18, 2021  

जनता समाजवादी पार्टी, नेपालको मंगलवार र वुधवार बसेको केन्द्रिय समिति बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको अधिकारिक्ता पाए पछि पहिलो पटक बसेको केन्द्रिय समिति बैठकले काग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

वर्तमान सरकारको सता साझेदार समेत रहेको जसपा नेपाल कति ओटा मन्त्रालय र कसको नेतृत्वमा जाने भन्ने टुुगो लागेको छैन । माधव नेपालले समेत नयां पार्टी बनाए पछि यो पार्टीले कम मन्त्रालय पाउन सम्भावना वढेर गएको छ ।

कसको नेतृत्वमा सरकारमा सहभागी हुुने विषयमा जसपा नेपाल भित्र विवाद देखिएको छ ।