जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु – Madhesh Update

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु

   August 17, 2021  

निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठक पहिलो पटक मगलवार बसेको छ । बैठक वुधवार पनि जारी रह्ने जसपा नेपालले जनाएको छ । पार्टीको अधिकारिक्ता पाए पछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका थिए । मंगलवारको बैठकमा केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ पनि लिएका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

पार्टी नेता प्रमोद साहले केन्द्रीय कार्य समितिको बैठकको सुरुमै पार्टी केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइएको जानकारी दिए । उनले भने, ‘पार्टीका केन्द्रीय सदस्यहरुको विवरण निर्वाचन आयोगमा पठाउने काम गरिएको छ । ती केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइयो । पार्टीको सिद्धान्त, नीति, निमय अनुसार चल्नलाई केन्द्रीय सदस्यहरुलाई सपथ गराइएको हो ।’

दुई दिनसम्म चल्ने केन्द्रीय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका छन् अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ-आफनो धारणा राख्ने क्रम पनि सुरु भएको छ ।

बैठकमा प्रदेश कमिटीको नेताहरुले पनि पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा आ-आफ्नो धारणा राख्नेछन्। नेता साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रीय कार्य समितिको बैठक बोलाउनु परेको स्पष्ट पारे । पार्टीको भावी कार्यदिशाका विषयमा नेताहरुबीच गहन छलफल हुने पनि जनता समाजवादी पार्टी, नेपालले जनाएको छ ।