नारायणी अस्पतालमा अख्तियारको छापा – Madhesh Update

नारायणी अस्पतालमा अख्तियारको छापा

   August 16, 2021  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा मारेको हो ।

टोलीले अस्पतालबाट औषधी खरिद लगायतका विभिन्न कागजातहरु नियन्त्रणमा लिएको हेटौंडास्थित आयोगको कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिए । उनले अस्पतालको अनियमितताबारे थप अनुसन्धान भइरहेको बताए ।

केहि दिनअघि आयोगको टोलीले बीरगंज महानगरपालिकामा पनि छापा मारेको थियो ।