प्रदेश दुुईको प्रदेश प्रमुखमा काग्रेसका पुराना नेता हरिशंकर मिश्रा

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका पुुराना नेता तथा पूर्व सांसद हरिशंकर मिश्रलाई नियुक्त गर्न मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको छ । मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र समेत पठाइसकेको छ । उनको आगमनसँगै हालका प्रदेश प्रमुख राजेश अहिराज पदबाट फिर्ता हुनेछन् ।
महोत्तरीको पिपरा गाउँपालिका स्थायी घर भएका हरिशंकर मिश्र नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । मिश्र नेपाली कांग्रेसका संस्थापक नेता हुन । उनी विपी कोईरालाको नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारमा मन्त्ती समेत बनेका थिए ।
जनकपुर चुरोट कारखाना लिमिटेडका संस्थापक समेत रहेका स्व मिश्रले यस क्षेत्रको विकासका लागि निकै योगदान पुर्याएका थिए । स्व मिश्रद्धारा स्थापित जचुकाली भवनमै हाल प्रदेश २ को कार्यपालिका सञ्चालित छ ।
३ बर्षमा ४ प्रदेश प्रमुख
२ नम्बर प्रदेशमा साढे ३ वर्षमा ४ जना प्रदेश प्रमुख नियुक्त भएका छन् ।
झण्डै ५ महिनाअघि नियुक्त गरिएका २ नम्बर प्रदेश प्रमुख राजेश अहिराजलाई सोमवार पदमुक्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिराजलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पद मुक्त गर्दै २०७७ फागुन ८ गते अहिराजलाई सिफारिस गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को सिफारिसमा नेपाल संविधानको धारा १६३(२) बमोजिम अहिराज प्रदेश प्रमुखमा नियुक्त भएका थिए । सोही दिन त्यसअघिका प्रदेश प्रमुख परियारलाई संविधानको धारा १६५(१)(ख) बमोजिम पदमुक्त गरिएको थियो ।
ओलीको नेतृत्वमा सरकार बनेपछि नेकपा माओवादी केन्द्रको समर्थनमा माओवादी कोटाबाट २०७६ कात्तिक १८ गते परियारलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । तर नेकपा विभाजन भएपछि ओली सरकारले परियारलाई पदमुक्त गर्दै एमालेको कोटामा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
प्रदेश प्रमुखमा परियारलाई नियुक्त गर्नुअघि शेरबहादुर देउवा नेतृवको सरकारले प्रदेशसभा स्थापना हुनुअघि नै नियुक्त गरेका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई पदमुक्त गरिएको थियो । २०७४ माघ ३ गते देउवा सरकारले तत्कालीन समाजवादी पार्टीको कोटाका कायस्थलाई प्रदेश प्रमुख बनाएको थियो ।
२ नम्बर प्रदेशमा पहिलोपटक नियुक्त भएका कायस्थ सबैभन्दा बढी २१ महिना, परियार १६ महिना र अहिराज झण्डै ५ महिनासम्म पदमा कायम रहेका छन् ।