जसपा महन्थ ठाकुर पक्षद्धारा काठमाडौमा कार्यकर्ता भेला सम्पन्न

जसपा नेपालको अधिकारिकक्ताको विवाद सर्वोच्च अदालतमा चलीरह्दा महन्थ ठाकुर पक्षले शनिवार काठमाडौमा बागमती प्रदेश स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेका छन । काठमाडौको अमृत भोग पार्टी प्यालेसमा आयोजित भेलामा वागमती प्रदेशका सबै जिल्लावाट जसपाका अगुवा नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।
सता समिकरणको सवालमा अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवको विचमा मतभेद सिर्जना भए पछि जसपा फुटन पुुगेको छ । निर्वाचन आयोगले कार्यकार्यरणी समितिको बहुमतको आधार देखाउदै यादवलाई पार्टीको अधिकारिता दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई चुनाीत दिदै ठाकुर सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन । सर्वोच्चमा मुद्धा दायर गरेर ठाकुर पक्षले पुर्वको मेचि देखि पचिश्मचको कैलाली-कन्चनपुर सम्म अघिल्लो हप्ता मात्रै कार्यकर्ता भेला र समिकक्षा बैठकहरु गरेका छन ।
ठाकुर पक्षका शिर्ष नेताहरुको सहभागीतामा भएको तराई मधेशको १९ ओटा जिल्लाको कार्यक्रम पछि शनिवार काठमाडौमा वागमती प्रदेश स्तरीय कार्यक्रम राखिएको थियो । शनिवारको कार्यक्रमलाई ठाकुर सहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।