महन्थ ठाकुर-राजेन्द्र महतो सहितका शिर्ष नेताहरु मधेश दौडाहामा – Madhesh Update

महन्थ ठाकुर-राजेन्द्र महतो सहितका शिर्ष नेताहरु मधेश दौडाहामा

   August 5, 2021  

जसपा नेपालको अधिकारिक्ता गुमाए संगै महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका शिर्ष नेताहरु मधेश दौडाहमा निस्किएका छन । तराई मधेश सहित अन्य जिल्लाहरुमा समेत आफना पक्षका स्थानिय नेता तथा कार्यकर्ताहरु समिकक्षा बैठक गर्न शिर्ष नेताहरु विहिवार मधेश झरेका छन । ठाकुर,महतो सहितको नेताहरुको उपस्थ्तिीमा भोली देखि तराई मधेशका जिल्लाहरुमा अगुवा नेता तथा कार्यकर्ताहरुको बैठक हुन लागेका छन ।

ठाकुर महोत्तरी र धनुुषाको बैठकमा सहभागी हुने कार्यक्रम छ भने महतो सप्तरी, धनुुषा र सर्लाहीको बैठकमा सहभागी हुनेछ । त्यसैगरि नेता शरदसिह भण्डारी महोत्तरी र पर्सा जिल्लाको बैठकमा सहभागी हुुने कार्यक्रम छ । नेता अनिल कुमार झा सिरहा र रौतहटमा हुुने अगुवा नेता तथा कार्यकर्ता बैठकमा सहभागी हुदै छ ।

सता समिकरणको विवादमा पार्टी फुटे पछि जसपाको ठाकुर महतो पक्ष आफनो स्थानिय नेता तथा कार्यकर्ताहरु संग छलफल गर्न लागेका छन । छलफलका लागी मधेश झर्नु अघि ठाकुरले वुधवार अपिल जारी गर्दै जसपा नेपाल एकिकरण मार्फत वैकिल्प शक्क्तिको निर्माणमा उपेन्द्र यादवले धोका दिएको आरोप लगाएका थिए । ठाकुरले यादवको पार्टी फुटनै लाग्दा आफुहरु बराबरी हैसियतमा पार्टी समायोजन गर्ने गरि एकिकरण गरे पनि यादवले त्यसलाइ कार्यन्वयन नगरेको आरोप लगाउदै सरकार मार्फत मुद्धा सम्बोधन गराउदा लाग्द पार्टीको विभाजन गराउने गरि निर्वाचन आयोगमा अधिकारिक्ताको निवेदन दिएको दावी गरेका थिए ।

ठाकुर विहिवार जनकपुर पुुग्दा उनको स्थानिय नेता तथा कायकर्ताहरुल भव्य स्वागत गरेका छन भने महतो सहित अन्य नेताहरु पनि शुुक्रवार विहान मधेशका विभिन्न सहरहरु जाने कार्यक्रम तय भएको छ ।