उपेन्द्र यादवलाइ सरकारमा जान नदिन वरिष्ठ नेता बाबुराम भटराई पक्षको छेकवार – Madhesh Update

उपेन्द्र यादवलाइ सरकारमा जान नदिन वरिष्ठ नेता बाबुराम भटराई पक्षको छेकवार

   August 3, 2021  

नयां सतासमिकरणको पश्चात बनेको काग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकरमा उपेन्द्र यादव पक्ष जाने निश्चित भए कसेको नेतृत्वमा र को को जाने भन्नेमा सकस देखा परेको छ ।

यस अघि पार्टी विभाजनको वेला स्वयंम यादवले अव आफुु सरकारमा सहभागी नहुने र नयां साथीहरुलाइ मन्त्री बनाएर पठाउने आश्वासन दिएका थिए । तर प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकारमा फेरि यादव आफै जाने चाजोपाजो मिलाउन थाले पछि पार्टी भित्र त्यसको व्यापक विरोध हुन थालेको छ ।

सतारुढ गडबन्धनले मन्त्रीपरिषद विस्तार चाडै नै टग्याउने गरि संवाद र छलफल वाब्लो गर्न थाले पछि यादवको पार्टीमा विभिन्न बहसहरु देखा पर्न थालेका छन । गत शनिवार मात्रै संसदीय दलको नेतामा यादव चयन भएको थियो ।

यादव संसदीय दलको नेतामा चयन भए पनि उनीलाइ संघिय परिषद अध्यक्ष बाबुराम भटराईले सरकारमा नजान सुुझाएको छ । यद्यपी उनी आफनै नेतृत्वमा जान गठबन्धन सम्बद्ध शिर्ष नेताहरुको तहमा वातावरण बनाउन लागेका छन ।

स्रोतका अनुुसार यादवले आफैले नेतृत्व गरेर उपप्रधानमन्त्री सहित गृह वा परराष्ट मनत्ती त्यसका लागी दिन सोमवार गठबन्धन सम्बद्ध शिर्ष नेताहरुको बैठकमा प्रस्ताव राखेका छन । तर यो दुवै मन्त्रालय काग्रेस आफै संग राख्ने जनाएको छ । काग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले गृहमन्त्रीमा आफना विश्वासपात्र वालकृष्ण खाण नियुक्त गरिसकेका छन भने परराष्टमन्त्रीमा पनि आफना निकटका नेतालाई ल्याउने तयारी गरिरहेका छन ।

यसरी यादवले राखेको प्रस्ताव लागुु नहुुने देखिए पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यादवलाई उपप्रधानमन्त्री सहित भौतिक वा स्वास्थयमन्त्री बन्न आग्रह गरेका छन । तर त्यसको पनि अन्तिम टुुगो लागीसकेको छैन ।

यता यादव आफनो नेतृत्वमा जाने तयारी गरे पछि बाबुराम भटराईकी पत्नी तथा जसपा नेतृ हिसिला यमीले यादवलाई अव प्रधानमन्त्री मात्रै बन्ने गरि अगाडी वढन समाजिक सन्जाल मार्फत सुुझाव दिएका छन । भटराई निकट विद्यार्थी नेताले भने जसपाले मन्त्री छान्दा नयां तथा युवाहरु र समावेशी तरिकाले मन्त्री छान्नुपर्नेमा जोड दिएका छन ।

को को बन्दै छन मन्त्री

यादव पक्षको जसपा नेपालवाट वर्तमान सरकारमा ५ देखि ६ ओटा मन्त्री र २ जना राज्यमन्त्री बन्न सक्ने पार्टी स्रोतको भनाई छ । माधव नेपाल पक्ष सरकारमा आए यादव पक्षलाई चार आ्टा मन्त्रालयमा पनि चित बुुझाउनुपर्ने अवस्था आउन सक्छ । नेपाल पक्ष नआएमा ५ वा ६मन्त्री जसपा नेपाललाई मिल्न सक्ने अवस्था छ ।

जसका लागी यो पक्षमा दौडधुप वाक्लो गरि चलीरहेको छ । पार्टी सम्बद्ध स्रोतका अनुुसार यादव आफै गएमा उनी संगै रामसहाय यादव, महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणुु यादव, इस्तीयाक राई मन्त्री बन्ने लगभग निश्चित जस्तै छ । त्यसैगर महन्थ ठाकुर र राजेन्द्र पक्षवाट गएका मध्ये एक जनालाइ पनि यादवले मन्त्री बनाउने तयारी गरेका छन ।