उपेन्द्र यादवलाई मुद्धा भन्द्या प्रमुुख दलहरुको नेताको अनुुहार प्यारो – राजेन्द्र महतो – Madhesh Update

उपेन्द्र यादवलाई मुद्धा भन्द्या प्रमुुख दलहरुको नेताको अनुुहार प्यारो – राजेन्द्र महतो

   August 1, 2021  

जसपा नेपालको विभजित घटकका एक शिर्ष नेता राजेन्द्र महतोले जसपा अध्यक्ष उपेन्द्र यादवलाई मधेश आन्दोलनको मुद्धा भन्दा प्रमुुख दलहरुको नेताको अनुुहार प्यारो रहेको आरोप लगाएका छन । शनिवार काठमाडौमा समान नेपालद्धारा आयोजित बहुराष्टिय राज्य नेपाल स्थापनार्थ राष्टिय मुक्ति क्रान्ति र अवको बाटो बिषयक कार्यक्रममा बोल्दै महतो आफुहरुको लागी सबै प्रमुख दलहरु समान भएको र मुद्धा सम्बोधनको आधार मात्रै कसैसंग सहकार्य गर्ने कि नगर्ने निधो गर्ने गरेको दावी गरे । महतोले भने, हामी हाम्रो मुुद्धा सम्बोधनको आधारमा प्रमुुख दलहरुको सम्बन्ध वारेमा निर्णय लिन्छौ, तर हाम्रै केहि नेताहरु मुद्धा भन्दा प्रमुख दलहरुका नेताहरुको अनुुहार हेरेर निर्णय लिन्छ ।

कार्यक्रममा बोल्दै महतोले एमाले अध्यक्ष ओली सगै प्रमुख सबै दलका नेताहरु मधेश मुद्धाको विरोध भएको जिकिर गर्दै मुद्धा सम्बोधनका लागी ओली तयार भए पछि मात्रै सहकार्य गरेको बताए । उनले वर्तमान प्रधानमन्त्री र सता गठवन्धनले मुद्धाको वारेमा एक शब्द पनि नबोले पनि उहाहरुको अनुुहार प्यारो लाग्ने कारण उपेन्द्र यादव सरकारमा जान लागेको आरोप लगाए ।

हामी मुद्धा सम्बोधनको आधारमा सता सहकार्य गर्यो, महतोले भने, म चुनौति दिएर भन्न चाहन्छु, हामीले १८ दिनमा गरेका काम विगतमा १८ महिनामा पनि नभएको र अव पनि गरेर देखाउन ।

उनले आफुहरु मुद्धा सम्बोधनमा वलियो धक्का दिन पुुग्ने आधारमा उपेन्द्र यादवसग पार्टी एकिकरण गरेको भन्दै कुनै प्रमुख दलको टुल बन्न नसकिने बताए । जसपा नेपाल एक नरहनुमा वैचारिक रुपमै समस्या रहेको जिकिर गर्दै महतोले मुद्धा सम्बोधनमा इमान्दार नदेखिएको आरोप यादव माथी लगाए ।