उपेन्द्र यादव संसदीय दलको नेतामा चयन – Madhesh Update

उपेन्द्र यादव संसदीय दलको नेतामा चयन

   August 1, 2021  

पार्टीको अधिकारिता पाए पछि जसपा नेपालले शनिवार संसदीय दलको नेता चयन गरेको छ । सिंहदरवार स्थित जसपा संसदीय दलको कार्यलयमा बसेको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सर्वसम्मत दलको नेता चयन गरेका थिए ।

सता समिकरणको विवादले फुटन पुुगेको जसपा नेपालको अधिकारिता यादवले पाएका थिए । निर्वाचन आयोगले यादव पक्ष संग बहुमत रहेको भन्दै पार्टीको अधिकारिता दिए पछि अर्का अध्यक्ष महन्न ठाकुर त्यस विरुद्ध सर्वोच्च अदालत पुुगेका छन ।

वर्तमान काग्रेस नेतृत्वको सरकारमा जाने तरखरमा रहेको यादव नेतृत्वको जसपामा संसदीय दलको नेता चयन भए पछि अव सरकारमा सहभागी हुने आकंलन गरिएको छ ।