मधेशका सहरहरुमा जलाइए बाबुराम भट्टराईको पुत्ला – Madhesh Update

मधेशका सहरहरुमा जलाइए बाबुराम भट्टराईको पुत्ला

   July 23, 2021  

विश्व हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई विरुद्ध आज प्रदर्शन गरेको छ । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो ।

विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा भट्टराई विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।

बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ ।