सप्तरीको महदेवामा पोखरीमा डुबेर बालकको मृत्यु – Madhesh Update

सप्तरीको महदेवामा पोखरीमा डुबेर बालकको मृत्यु

   July 19, 2021  

सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको स्थानीयवासी राहत अलिले बताउनुभयो ।

सोही गाउँका लक्ष्मीनारायण मठको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ ।