सप्तरीमा मोटरसाइकलको ठक्करबाट मृत्यु – Madhesh Update

सप्तरीमा मोटरसाइकलको ठक्करबाट मृत्यु

   July 15, 2021  

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्युु हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् ।

स४प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार राय नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।