सर्लाहीमा ५ लाख रुपैयाँ सहित एक महिला प्रहरीको फन्दामा – Madhesh Update

सर्लाहीमा ५ लाख रुपैयाँ सहित एक महिला प्रहरीको फन्दामा

   July 15, 2021  

सर्लाहीमा स्रोत नखुलको पाँच लाख रुपैयाँसहित एक जना महिला पक्राउ परेकी छन् । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा ३ की ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाभित्र पाँच लाख फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

खातुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ ।