महन्थ ठाकुर पक्षद्धारा समिकक्षा बैठक – Madhesh Update

महन्थ ठाकुर पक्षद्धारा समिकक्षा बैठक

   June 30, 2021  

जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद निर्वाचन आयोग सम्म पुुगे पछि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफनो पक्षका काठमाडौमा उपलब्ध कार्यकारणी समिति सदस्यहरु संग वुधवार छलफल गरेका छन । निर्वाचन आयोगले २२ गते ठाकुर र उपेन्द्र यादवलाई छलफलका लागी मंगलवार मात्रै वोलाउने सुचना पठाएका थिए ।

निर्वाचन आयोगमा दुवै पक्षले बहुमतको दाबी गरे पछि आयोगले २२ गते दुवै पक्षलाई संगै राखेर छलफल गर्न लागेका छन । यद्यपी वुधवारको ठाकुर पक्षको बैठकमा आयोगले वोलाएको घटनाक्रम सहित अन्य समसमायीक राजनितीक अवस्थावारे मा छलफल भएको छ ।

कार्यकारणी सदस्य डा सुरेन्द्र झाका अनुुसार बैठकमा नेताहरुले वर्तमान समसमायीक परिस्थीती, पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले वोलाएको सन्दर्भ सहितको विषयहरुमा छलफल भएको थियो । बैठक अनैपचारिक रुपमा बोलाइएको नेताहरुले बताएका छन ।