छलफलका लागी २२ गते निर्वाचन आयोगद्धारा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाहट – Madhesh Update

छलफलका लागी २२ गते निर्वाचन आयोगद्धारा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाहट

   June 29, 2021  

पार्टीको अधिकारिकतामा दुवै पक्षले दाबी गरे पछि निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई आउदो २२ गते बोलाएका छन । यस अघि आयोले दुवै पक्षलाइ १५ दिनको समय दिएर एक अर्काले गरेको दाबीमा जवाफ माग गरेका थिए ।

सता समिकरणको विषयमा जसपा नेपाल भित्र दुुई धार देखिए पछि एक अर्काले कारवाही गर्ने देखि पार्टीवाट निष्काशन सम्मको निर्णयहरु भएको थियो । दुुवै पक्षले आयोगमा आफुहरु सग बहुमत रहेको दाबी पेश गरे पछि आयोगले दुवै पक्षलाई लिखित जवाफ माग गरेका थिए ।

एकिकरणको एक बर्षमै विभाजनको संघारमा पुुगेको जसपा नेपालको सम्भावित फुटको प्रभावले प्रदेश दुुईमा समेत सता समिकरणमा परिर्वतन आइसकेको छ ।

आयोगले २२ गते दुवै पक्षलाई संगै राखेर छलफल गर्ने र त्याहा पनि विवाद नसल्टिए निर्णय प्रक्रियामा जाने बताइएको छ ।