निर्वाचन आयोगद्धारा ठाकुर र यादव दुवै पक्षलाई लिखित जवाफ दिन पत्राचार

जनता समाजवादी पार्टी, नेपालको अधिकारितामा अध्यक्ष महन्थ ठाकुुर र उपन्द्र यादव दुुवै पक्षले दावी गरे पछि निर्वाचन आयोगले दुवै पक्षसग एक अर्काले दाबी गरेको कुरामा लिखित जवाफ माग गरेको छ । सोमवार आयोगले ठाकुरलाई पत्राचार गरेर यादवले भनेको कुरामा र यादवलाई पत्राचार गरेर ठाकुरले भनेको कुरामा जवाफ दिन भनेको छ ।
गत शुक्रवार नै उपेन्द्र यादव आयोग पुुगेर जसपा नेपालको अधिकारिता दावी गरेका थिए । त्यस अघि ठाकुर पक्षले पनि जसपा नेपालको कार्यकारणी समिति हेरफेर गरेको जानकारी गराएका थिए ।
सता समिकरणमामा कुरा नमिले पछि जसपामा ठाकुर र यादव पक्ष अलग अलग हुदै पार्टीको अधिकारितामा दावी गर्न थालेका छन । यस अघि दसवै पक्षले एकले अर्कालाई गरेको कारवाहीलाई आयोगले अमान्य घोषणा गरिदिएका थिए ।