उपप्रधानमन्त्री महतोद्धारा योग दिवसको अवसरमा शुभकामना – Madhesh Update

उपप्रधानमन्त्री महतोद्धारा योग दिवसको अवसरमा शुभकामना

   June 21, 2021  

उपप्रधानमन्त्री राजेन्द्र महतोले योग दिवसको अवसरमा शुधकामना दिदै स्वस्थ जीवन प्रणालीका लागी सबैमा योग अभ्यासको अनुकरण गर्न अनग्रह गर्नु भएको छ । उपप्रधानमन्त्री महतोले योग दिवसको अवसरमा सोमवार विहानै आफनै निवासमा योग गुुरु सहित याग अभ्यास समेत गरेका थिए ।

उपप्रधानमन्त्री महतोले दिवस आज परे पनि यो हरेक दिन सबै नागरिकका लागी गर्नु पर्ने चिज भएको र पछिल्लो समयमा काभिडका कारण त्यसको सान्र्दभिकता अझ वढेर गएको बताएका छन ।