महन्थ ठाकुरले यसरी गरे जसपा नेपालको कार्यकारणी समिति हेरफेर

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले १ असारमा पार्टीमा कार्यकारणी समिति हेरफेर गरेको जानकारी निर्वाचन आयोगलाई गराए पछि उक्त पार्टी भित्रको आन्तरिक द्धन्द्ध नयां मोड लिएको छ । गत शुुक्रवार उपेन्द्र यादव निर्वाचन आयोगमा पार्टीको अधिकारिता दाबी गर्न आयोगमै पुुगेर निवदन दिए पछि ठाकुरले यादवकै सहमतीमा कार्यकरणी समिति हेरफेर गरेको खुलेपछि यादव समुुहमा खैलावैला मचेको छ । ठाकुरले गत ७ पुुषमा जसपाको कार्यकारणी समिति बैठकले पहिलो वरियताको हैसियतमा पार्टीको संगठन र पुुर्नगठन सम्बन्धमा आफुुलाई अधिकार प्रत्यायोजन गरेको दावी गरेको छ ।
निर्वाचन आयोग ठाकुुर पक्षले बुुझाएको उक्त पत्रमा यादवको पनि हस्ताक्षर रहेको छ । अहिले जसपा विवादको केन्द्रमा रहेको यो पछिल्लो कुरामा खास भएको के रैछ ? मधेश अपडेटले दुवै पक्षका नेताहरुले संग गरेको अनौपचारिक कुराकानीमा गत जेठ ३ गते नै ठाकुर र यादवको विचमा कार्यकारणी समिति हेरफेर गर्ने सहमती भएको खुुलेको छ । ४ गते पार्टीको आन्तरिक द्धन्द्ध चर्किरह्दा दुुवै नेताले संयुुक्त विज्ञप्ती निकालेर पार्टी एक भएर अघि वढने र जेठ ८/९ गतेका लागी कार्यकारणी समिति बैठक बोलाउने निर्णय भएको थियो ।
जसपा भित्र आन्तरिक द्धन्द चर्किरह्दा ३ जेठमा ठाकुर र यादवको विचमा ७ पुुषको निर्णय अनुसार कार्यकारणी समिति हेरफेर गर्ने सहमती बनेको थियो । तर ४ जेठमा दुवै नेताले निकालेको विज्ञप्ती दुुई दिन नबित्दै टुटयो ।
त्यो सहमती टुुटनमा दुवै पक्षले एक अर्का माथी आरोप लगाए । यादव पक्षले आफुहरु जसपा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाउन अग्रसर रहेको दावी गर्दै उक्त मौका ठाकुर पक्षले चुकाएको आरोप लगाए । तर अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो त्यो विचमा आफै काग्रेस सभापति शेरबहादुर देउवासंग् भेटेका थिए । ठाकुर निकट स्रोतका अनुसार देउवाले प्रष्टरुपमा काग्रेसले आफनो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको सुनाएका थिए । त्यस पछि यादवले र पुवप्रधानमन्त्री वावुराम भटराईले भन्ने गरेको कुरामा ठाकुर सशकित भए ।
यता प्रधानमन्त्री केपी ओलीले ठाकुर र महतो पक्षको सिफारिसमा मुद्धाहरु सम्बोधन गर्ने गृहकार्य नै अघि वढाएका थिए । ठाकुर पक्षको विश्लेषणमा त्यस्तो परिस्थथीमा काग्रेस, माओवादी गठवन्धन संग जादा खाली सरकारमा जाने वाहेक मुद्धा सम्बोधनमा कुनै प्रगति हुने अवस्था थिएन । काग्रेस सभापति देउवाले झन टिकापुर घटनाको कुरा नै नगर्ने ठाकुर र महतोलाई भनेको यो पक्षको एक शिर्ष नेताले बताएका छन ।
यस्तो परिस्थतीमा प्रधानमन्त्री ओलीले मुद्धा पनि सम्बोधन गर्न तयार भएको र सतामा पनि सम्मानजनक सहभागीता दिने कुरा गरेका कारण ठाकुर महतो यो पक्षसग संवाद अघि वढाए ।
जसपाले सिफारिश गरेको मध्ये १ सय ३९ जनाको मुद्धा फिर्ता सरकारले लिएको छ भने महोत्तरी र टिकापुर घटनाको प्रक्रिया पनि अघि वढाएका छन । महोत्तरीको घटनामा मुद्धा खेपीरहेकाहरुको मुद्धा फिर्ताका लागी सरकारले अध्यादेश ल्याउन लागेको र टिकापुर घटनाको मुद्धाहरुमा सर्वोच्चको निर्णय पर्खन तयारी छ । रेशम चौधर िसहित टिकापुर घटनाका मुद्धाहरु सर्वोच्चमा आए पछि कानुुनी रुपमै ७० दिन पछि मात्रै पेशीमा राख्न सक्ने व्यवस्थाका कारण त्यसमा अहिले प्रक्रियाको पर्खाईमा नेताहरु छन भने महतोत्तरीको सन्दर्भमा सरकारले चाडै नै अध्यादेश ल्याउन लागेको जानकारी जसपाको ठाकुर महतो पक्षसंग छ ।
यसको साथै सरकारले संविधान संशोधनको लागी कार्यदल बनाएर काम अगाडी वढाएको छ भने सर्वोच्चले तत्काल रोको नागरिता अध्यादेशको पुुनरावलोकन गर्ने पनि तयारी भइसहेको छ ।
यी आधारहरुमा प्रधानमन्त्री ओलीसंग सहकार्य गर्न अगाडी वढेका ठाकुर र महतो पक्ष पार्टी भित्र पनि उप्न्द्र यादव संग अन्न्तह भिडन्त्मा पुुगेका छन । र ९ पुुषको निर्णयको आधारमा ३ जेठमा ठाकुुरले जुपाको कार्यकारणी समित हेरफेर गरेको छ । राजनितीक दलको कानुनी प्रावधान अनुसार केन्द्रिय समिति, दलको नाम र झण्डा परिवर्तन गरेको एक महिना भित्र निर्वाचन आयोगमा त्यसको जानकारी गराउनुपर्ने व्यवस्था छ । र त्यही अनुुसार ३ जेठमा भएको निर्णय १ असारमा ठाकुर पक्षले वुुझाएको छ ।
अहिले उपेन्द्र यादव पक्षले त्यसलाई अस्विकार गर्दै किर्तेको आरोप लगाएका छन ।