मिथिलामा गङ्गा दशहरा सम्पन्न

नेपाल र भारतमा बस्ने हिन्दू धर्मालम्बीहरुले आइतवार परम्परागत पर्व गङ्गा दशहारा मनाएका छन् । नेपाल मिथिला र जनकपुर आसपास क्षेत्रमा पवित्र स्नान र दान गर्दै यो पर्व मनाइएको हो ।
जेठ शुक्ल दशमीका दिन पवित्र नदी गङ्गा पृथ्वीमा अवतरण भएको विश्वासमा गङ्गा दशहारा पर्व मनाउने मैथिल हिन्दू परम्परा छ । पवित्र नदी, तलाउमा स्नान गरेर व्राह्मण पुरोहितलाई अन्नदान र दक्षिणा दिएर यो पर्व मनाइन्छ । कोभिड–१९ महाव्याधि सन्त्रासले आफ्नै परिवेशमा यो पर्व मनाइएको छ ।
यस पर्वमा हिन्दूले वर्षभरी धार्मिक उत्सव र पितृकार्यमा प्रयोग हुने पूmल रोप्न दल राख्ने चलन छ । गङ्गा दशहाराका दिन दल राखिएको पूmल माङ्गलिक र पितृकार्यमा देवतालाई अर्पण गर्न उत्तम मानिएको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।
गङ्गादशहारा पर्वकै भोलिपल्ट निर्जला एकादशी व्रत पर्दछ । गङ्गा दशहारा पर्वलगत्तैको यो एकादशीमा अन्नजल केही नखाइ व्रत गर्ने मैथिल चलन छ । गङ्गादशहराका दिन गङ्गा स्नान गरेर निर्जला एकादशी व्रतको प्रतापले कहिल्यै ननासिने पूण्य आर्जन हुने मैथिल हिन्दू जनविश्वास रहेको मैथिल कर्मकाण्डका ज्ञाता महोत्तरीको बर्दिबास–२ का महेशकुमार झा बताउनुहुन्छ ।