उपेन्द्र यादवद्धारा जसपा नेपालको अधिकारित्तामा दावी
Madhesh Update
June 18, 2021
जनता समाजवादी पार्टी, नेपालको अधिकारिता आफुहरुलाई दिन उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा माग गरेका छन । यादव सहित जसपा नेपालका नेताहरुले आयोग पुुगेर लिखित रुपमै जसपा नेपालको अधिकारिक पक्ष आफुहरु रहेको दावी गरेका छन । यद्यपी वुधवार नै महन्थ ठाकुुर पक्षले बैठक गरेर यादव सहितको २० जनालाई कार्यकारणी समितिवाट हटाएर निर्वाचन आयोगमा जसपाको पुर्नगठित पार्टी कमिटी दर्ता गराइ सकेका छन ।
विहिवार उपेन्द्र यादव पक्षको बैठकले जसपा नेपालको अधिकारिता माग दावी गर्न पुन निर्वाचन आयोग जाने निर्णय गरेका थिए । यस अघि उपन्द्र यादव पक्षले गरेको कारवाहीलाई आयोगले अमान्य गरिदिएका थिए ।