मुुख्यमन्त्री लालबाबु राउत समकक्ष प्रदेश दुुईका न्याधिवक्ता दिपेन्द्र झाद्धारा राजिनामा दिने जानकारी
प्रदेश दुुईका न्याधिवक्ता दिपेन्द्र झाले प्रदेश सरकारको न्याधिवक्ता पदवाट राजिनामा दिने जानकारी मुख्यमन्त्री लालबाबु राउतलाई गराएका छन । न्याधिवक्ता झाले तीन दिन अगाडी आफनो राजिनामा पत्र लिएर मुख्यमन्त्री राउत समकक्ष दिन पुुगेको खुुलेको छ । यद्यपी मुख्यमन्त्री राउतले आफुु काठमाडौ जान लागेको र फर्के पछि यस सम्बधमा कुरा गर्ने भन्दै झालाई फिर्ता पठाइ दिएका छन ।
प्रदेश दुुईका मुुख्यमन्त्री राउत अहिले काठमाडौमा छन । विहिवार उपेन्द्र यादव पक्षको कार्यकारणी समिति बैठकका लागी राउत काठमाडौ आएका थिए । शुुक्रवार यादव संग निर्वाचन आयोगमा राउत पुुगेका थिए ।
यद्यपी प्रदेश दुुईका न्याधिवक्ता झाले राउत जनकपुर फर्के लगत्तै राजिनामा दिने तयारी गरेका छन ।
प्रदेश दुुईमा राउत नेतृत्वको सरका बने देखि नै न्याधिवक्ता झाको हालीमुहाली थियो । तर अहिले झाले के कति कारणले राजिनामा दिन लागेका हुन भन्ने त्यो खुल्न सकेको छैन ।
यद्यपी उनी निकट केहि स्रोतका अनुसार न्याधिवक्ताले चार करोड वजेट माग गरेका थिए र उक्त वजेट नपाए पछि राजिनामा दिने चेतावनी मुख्यमन्त्री राउतलाई दिएका हुन । मुुख्यमन्त्री राउतसंग झाको हिमचिम विगतमा बाक्लो देखिएका थिए ।