जसपा नेपालको अधिकारिक्ताका लागी उपेन्द्र यादव पक्ष निर्वाचन आयोग जाने – Madhesh Update

जसपा नेपालको अधिकारिक्ताका लागी उपेन्द्र यादव पक्ष निर्वाचन आयोग जाने

   June 17, 2021  

जनता समाजवादी पार्टी, नेपालको अधिकारिता आफुहरुलाई दिनका लागी उपेन्द्र यादव समुुहले निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । विहिवार यो समुहको कार्यकारणी समिति बैठकले बहुमत सदस्यहरु सशरिर नागरिकता सहित आयोग पुुगेर पार्टीको अधिकारिता दावी गर्ने निर्णय गरेको छ ।

महन्थ ठाकुर पक्षले वुधवार मात्रै जसपा नेपालको कार्यकारणी समितिमा २० जना नयां सदस्य थप गरेर आयोगमा नामावली पठाएका थिए । ठाकुर पक्षले यादवले वोलाएको जसपाको कायृकारणी समिति बैठक समेत अवैद्यानिक रहेको सुचना वुधवार नै जारी गरेका थिए ।

यादव पक्षको विहिवारको बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिंदै आएका चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुलाई यसअघि पदमुक्त गरिए पनि सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ ।

पार्टीभित्रको विवादबारे पुनः निर्वाचन आयोगमा जाने निर्णय पनि जसपाले गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै पुनः निवेदन दिने निर्णय बैठकले गरेको हो ।

यसअघि १७ जेठमा ठाकुरसहित नेताहरुलाई यादवले गरेको कारबाहीलाई आयोगले वैधानिकता दिएको छैन ।