जसपा अध्यक्ष महन्थ ठाकुरद्धारा कार्यकारिणी समितिमा हेरफेर – Madhesh Update

जसपा अध्यक्ष महन्थ ठाकुरद्धारा कार्यकारिणी समितिमा हेरफेर

   June 16, 2021  

जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारणी समितिमा हेरफेर गरेर त्यसको जानकारी निर्वाचन आयोगमा बुुझाएका छन । अध्यक्ष ठाकुरले आफू पक्षीय १६ जना कार्यकारिणी सदस्यहरू राखेर अर्का अध्यक्ष यादव पक्षका १६ जनालाई हटाएका छन्।

स्रोतका अनुसार ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव,रमेश यादव,मृगेन्द्र सिंह यादव,रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट हटाएका छन्।

त्यस्तै, आफू पक्षीय खेलकुद मन्त्री एकबाल मियाँ, पर्यटन मन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सन्तोष मेहता, सुरेन्द्र झा लगायतलाई कार्यकारिणीमा लगेका छन्।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ ।