निर्वाचन आयोगको निर्णय पछि ठाकुरद्धारा कार्यकारणी समितिमा सदस्य थप, यादवद्धारा सर्वोच्चमा जाने तयारी – Madhesh Update

निर्वाचन आयोगको निर्णय पछि ठाकुरद्धारा कार्यकारणी समितिमा सदस्य थप, यादवद्धारा सर्वोच्चमा जाने तयारी

   June 14, 2021  

जनता समाजवादी पार्टीको आन्तरिक विवादको सन्दर्भमा आइतवार निर्वाचन आयोगले दुवै पक्षको दावी खारेज गरे पछि दुवै समुह आ-आफनो नयां रणनिती बनाउन थालेका छन । सोमवार ठाकुर पक्षले बैठक गरेर कायृकारणी समितिमा आफनो पक्षका १६ जना नयां सदस्य थप गरेको छ । जसको जानकारी आयोगलाई समेत गराइएको छ ।

ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षका नेताहरुलाई कार्यकरणी समितिमा थप गरिरह्दा अर्का अध्यक्ष उपेन्द्र यादवल निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने चेतावनी दिएको छ । यादवले सोमवार नै हालै सरकारमा सहभागी भएका मन्त्रीहरुलाइ स्पिष्टकरण समेत सोधेको जनाएको छ ।

यस अघि पनि दुवै अध्यक्ष ठाकुर र यादवले एक अर्कालाई स्पिष्टकरण सोधेका थिए । दुवै मध्ये कुनै पक्षले पनि स्पिष्टकरण बुुझाएका थिएन ।