जसपा नेपाल सरकारमा सहभागी – Madhesh Update

जसपा नेपाल सरकारमा सहभागी

   June 4, 2021  

जनता समाजवादी पार्टी, नेपाल प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारमा शुुक्रवार सहभागी भएका छन । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीको रुपमा जसपाका संसदीय दल तथा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी भएका छन । सरकारमा जसपाको ८ मन्त्री र दुुई राज्यमन्त्री गरि १० जना सहभागी भएका छन ।

महतो सहित जसपाको तर्फवाट शरत सिहं भण्डारी उर्जामन्त्री, अनिल झा खानेपानी, बिमल श्रीवास्तव श्रमm उमाशंकर अरगरिया वन, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला, एकबाल मियाँ युवा , चन्द्रकान्त चौधरी राज्य मन्त्री उर्जा, रेणुका गुरुङ राज्य मन्त्री महिला गरि १० जना सहभागी भएका छन ।

उपप्रधानमन्त्री महतो र बाकी मन्त्री तथा राज्यमन्त्रीहरुले शुुक्रवार अवेर साझा राष्टपति कार्यलयमा सपथ लिएका छन ।

पछिल्लो तीन महिना यता प्रधानमन्त्रीसंगको संवाद र छलफल पश्चात जसपा नेपाल शुुक्रवार सरकारमा सहभागी भएका हुन । यो विचमा जसपा नेपालले उठाएको मुुद्धाहरु अनुसार प्रधानमन्त्रीले मधेश आन्दोलनताका मुुद्धा फिर्ता, नागरिता अध्यादेश र संविधान संशोधन कार्यदल गठन गरेका थिए ।

मुद्धाहरु सम्बोधन गर्न थाले पछि जसपा सरकारमा सहभागी हुन तयार भएका हुन । शुुक्रवार दिउसो जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओली संग भेटेर छलफल गरे पछि जसपाको सता समिकरण अन्तिम रुप लिएको थियो । विहिवार पनि जसपाका अध्यक्ष ठाकुर सहितका शिर्ष नेताहरु प्रधानमन्त्री संग छलफल गरेका थिए ।

जसपामा सरकरमा सहभागीता र प्रधानमन्त्री ओली संगको सहयात्रा वारेमा उपेन्द्र यादव पक्षको असहमती रह्दै आएको छ । पछिल्लो समयमा यादव र ठाकुर विचमा यही विषयलाई लिएर टकराव समेत देखिएको छ ।