जसपा नेपालमा एक-अर्कालाई कारवाही गरिएको घोषणा – Madhesh Update

जसपा नेपालमा एक-अर्कालाई कारवाही गरिएको घोषणा

   June 1, 2021  

जनता समाजवादी पार्टी, नेपालमा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीवाट निष्काशन गरिएको घोषणा गरेका छन । यस अघि दुवै पक्षले एक अर्कालाई स्पष्टिकरण सोधेका थिए । यद्यपी दुवै पक्षले स्पष्टिकरणको जवाफ नदिने घोषणा गेका थिए ।

सोधिएको स्पष्टिकरणको जवाफ नआएको भन्दै ठाकुर र यादव दुवैले एक अर्कालाई पार्टीको साधारण सदस्य समेत नरह्ने गरि कारवाही गरिएको पत्र मंगलवार निर्वाचन आयोगमा दर्ता गराएका छन । यद्यपी केहि समय अघि अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा एउछा पत्र पठाउदै यादवले गर्ने कुनै पनि निर्णय पार्टीको अधिकारिक नभएको र त्यसलाई मान्यता नदिन आग्रह गरेका थिए ।

एक बर्ष अगाडी तात्कालिन राजपा नेपाल र समाजपादी पार्टी एकिकरण गरेर जसपा नेपाल आयोगमा दर्ता हुदा ठाकुर वरियतामा पहिलो नम्बर र यादव दोस्रो नम्बरमा राखिएको थियो ।

मंगलवार दुवै पक्षले एक अर्कालाई कारवाही गरिएको पत्र आयोगमा बुुझाए पछि जसपाको अवको अधिकारिता विवाद आयोग तिर सरेको छ ।

गत फागुन यता जसपाो ठाकुर र यादव पक्ष अलग अलग कार्यक्रमहरु र गतिविधीहरु गर्दै आएका थिए । ठाकुरले वरिष्ठ नेता राजेन्द्र महतोको साथ लिएर प्रधानमन्त्री ओली संग आफनो एजेन्डा सम्बोधन हुने गरिको सहकार्यको थालनी गरेका थिए भने यादवले वरिष्ठ नेता वावुराम भटराईको साथ लिएर विपक्षी गठवन्धनमा सहभागी भएका थिए ।