प्रधानमन्त्री र जसपाका शिर्ष नेताहरुको विचमा छलफल – Madhesh Update

प्रधानमन्त्री र जसपाका शिर्ष नेताहरुको विचमा छलफल

   May 31, 2021  

प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी, नेपालका शिर्ष नेताहरुको विचमा सोमवार छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमवार विहान १० वजे देखि २ वजे भएको दुुई पक्षिय छलफलमा जसपाको सम्भावित सता यात्रा र उनीहरुले उठाउदै आएका अन्य मुुद्धाहरुको वारेमा छलफल भएको थियो । छलफलको क्रममा प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहित दुुवै पक्षले गठन गरेको कार्यदल सदस्यहरु पनि सहभागी भएका थिए ।

प्रधानमन्त्री र जसपाले पाच सदस्यीय कार्यदल गठन गरेर विगत कयौन महिना देखि संवाद र छलफल गर्दै आएका छन । कार्यदलमा जसपावाट लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुक्ला तथा प्रधानमन्त्रीको तर्फवाट विष्णु रिमाल, विष्णु पौडेल र सुुभाष नेम्बाड छन ।

यही कार्यदलको छलफलको आधारमा जसपाले उठाउदै आएका मुद्धा फिर्ता, नागरिता अध्यादेश र संविधान संशोधन सम्बन्धी कार्यदल गठन भएको छ । जसपाको तीन ओटा माग सरकारले सम्बोधन गरे पछि पछिल्ले केहि दिन यता जसपा सरकामा जाने चचा चुलिएका छ । स्वयंम जसपाका नेताहरुले पनि सरकरमा ८ ओटा मन्त्रालय सहित जाने गरि संवादहरु अघि वढेको बताएका छन ।

यद्यपी वर्तमान सरकारसंगको संवाद सुरु हुने वितिकै जसपाकै अर्को पक्ष उपेन्द्र यादव र वावुराम भटराई त्यसको विरोधमा उत्रिएका थिए । यद्यपी जसपाको मुद्धाहरु सम्बोधन हुन थाले पछि उक्त पक्ष रक्षात्मक देखिएका छन । ठाकुर महतो पक्षका नेताहरुका अनुसार सोमवार प्रधानमन्त्रीसंग भएको छलफलको क्रममा पनि सता सहयात्राको वारेमा छलफल भएको थियो । यद्यपी यो पक्ष पार्टीको कार्यकारणीमा पनि आफनो बहुमत सहितको निर्णय गराएर सरकारमा सामेल हुन रणनितीमा छन । संसदीय दलमा यो पक्षमा प्रष्ट बहुमत देखिएको छ ।